काेहलपुर ।
कालिका माध्यमिक विद्यालय चामुन्डा बिद्रासैनी -६ नेत्रपाणी दैलेखले कोहलपुरले शिवशक्ति नमूना आधारभूत विद्यालयको अवलाेकन गरेको छ ।
कालिका माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवम् विद्यार्थी हरुले शिवशक्ति नमूना आधारभूत विद्यालयको अवलाेकन गरेका हुन ।
विहानीको समयमा विद्यालयले गर्ने गतिविधि लाई गहिरो रुपमा नियाल्ने मौका प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाही र प्रधानाध्यापक हरिॐ शाहीको नेतृत्वमा उक्त विद्यालयको समूहले कैलाली बाँके बर्दिया लगायत पुर्वका १२ वटा जिल्लाको शैक्षिक भ्रमण गरि कोहलपुर आईपुगेका थिए ।

उक्त टोलीलाई शिवशक्ति नमूना आधारभूत विद्यालयका प्रधानाध्यापक एवम शिक्षक र विद्यार्थीले स्वागत गरेका थिए । विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले भ्रमण टोलिलाई स्वागत गर्दै विद्यालयको वारेमा व्याख्या गरेका थिए । उनले सक्षम नेतृत्व भए कुनैपनी संस्था लाई सजिलै सफल बनाउन सकिने वताए ।
कोहलपुर नगरपालिकामा सबभन्दा कठिन स्थितिमा रहेको र भौतिक हिसाबले जिर्ण समेत भएको विद्यालयको हरेक प्रगति लाई नियाल्दै कोहलपुर नगरपालिका स्थानीय सरकारले नमुना आधारभुत विद्यालयका रूपमा घोषणा गरेको हो । यसकार्यमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद समेत दिएका थिए ।
उनले विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्था समितिको सहकार्यमा मात्र विद्यालयको विकास गर्ने सकिने वताए । उनले कम्जोर विद्यार्थी लाई निर्माणात्मक मूल्याकंन गरिने, हरेक शुक्रबार नो बुक नो कपिको नीति लिएको, अभिभावक शिक्षा कार्यक्रम वर्षमा ५ पटक गरिने गरेको समेत वताए ।

उनले विद्यालय राजनीतिमुक्त हुनुपर्नेमा समेत जोड दिए । उनले स्थानीय पाठ्यक्रम पाठ्य्पुस्तक अनुसार विभिन्न खेती गर्न सिकाउने, पेशा गर्न सिकाइने, जीवन उपयोगी शिक्षामा जोड दिने जस्ता क्रियाकलापमा सहभागी गराउने गरेको वताए ।
शिवशक्ति नमूना आधारभूत विद्यालयको प्रगति देख्दा निकै हर्ष उल्लास भएको आफुहरु पनि आफ्नो विद्यालय लाई यसरी नै नमूना बनाउन पहल गर्ने र शिवशक्ति विद्यालयबाट सिक्नुपर्ने कुरा धेरै भएको कालिका माध्यमिक विद्यालयका अध्यक्ष नरेन्द्र बहादुर शाहीले जानकारी दिए । अध्ययन भ्रमणमा विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु लाई सहभागी गराएको थियो ।

दैलेख जिल्ला संविधान सभा सदस्य जग्गे बहादुर शाहीले हामिले बोल्ने कम र व्यवहारमा लागुगर्नु राम्रो भएको वताए । उनले आफ्नो दायित्वत्वबोध गरि काम गर्नुपर्ने र समाज लाई सजिलोसंग रुपान्तरण गर्न सकिने वताए । विद्यालयसंग सरोकार राख्ने सरोकारवाला निकायको समन्वय नै विद्यालयको विकास गर्ने सकिने कुरामा जोड दिए ।
उक्त भ्रमण समुहलाई स्वागत गर्ने कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका सचिव एकराज शर्मा, पुस्तकालयका कर्मचारी शिवध्वज शाही लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम शिवशक्ति नमूना आधारभूत विद्यालयका शिक्षक रमेश के सिले सन्चालन गरेको कार्यक्रम विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाको सभापतित्वमा सम्पन्न गरिएको थियो । यो विचमा उक्त भ्रमण समूहले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र कोहलपुरको पनि अनुगमन गरेको कार्यालय प्रमुख जानकी सापकोटाले कोहलपुर टुडेलाई जानकारि दिएकी हुन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्