दिपज्योति माविमा देशभक्ती झल्किने सांस्कृतिक पोसाक प्रदर्शनी




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीमा रहेको दिपज्योति माध्यमिक विद्यालयमा देशभक्ती भल्किने साँस्कृति पोसाक प्रदर्शनी गरेको छ । शुक्रबार निकै उत्कृष्ट र देशभक्तीको भावना उत्प्रेरणा जगाउने साँस्कृति पोसाक प्रदर्शनी कार्यक्रम गरिएको हो ।

दिपज्योति माध्यमिक विद्यालयकी प्रिन्सिपल बसुन्धरा पाण्डेले हरेक शुक्रबार विभिन्न कार्यक्रम मनाउने गर्छौ तर यसपटक भने फरक तरिकाले शुक्रबारे कार्यक्रम गरेको बताइन् ।

बालबालिकाहरुलाई राष्ट्र, राष्ट्रियता र देशभक्ती झल्किने बहुभाषिक बहुसांस्कृतिक, बहुधार्मिक लगायत वर्ग, जातजातीहरुलाई सबैले सबैलाई सम्मान गर्नुपर्छ भन्ने धारणाको विकास गराउन यो कार्यक्रम गरिएको प्रिन्सिपल पाण्डेले जानकारी दिइन् । कक्षा १ देखि १० कक्षा बालबालिकाहरुले कार्यक्रममा सहभागि भएका थिए ।

अतिरिक्त क्रियाकलाप प्रमुख ज्ञानु चौधरीले कार्यक्रमको सहजिकरण गरी उत्कृष्ट कला प्रस्तुत गरेका थिए भने कार्यक्रममा कक्षा शिक्षक, विषयगत शिक्षक लगायत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार