स्मार्ट फोन किन्दा चप्परगौडीका लालु घर्ती मगरले पाए सुन उपहार




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ होटल पप लाइफमा रहेको My Store बाट स्मार्ट फोन किन्दा चप्परगौडीका लालु धर्ती मगरले सुनको उपहार पाएका छन् ।

केही दिनदेखि My Store ले नेपालीहरुको महान चार्डपर्व दशैतिहारको उपलक्ष्यमा नयाँ स्किम सार्वजनिक गरेको थियो । सोही अनुसार चप्परगौडीका लालु धर्ती मगरले सुनको उपहार पाएका हुन् ।

मगरका अनुसार आफू कृषि मेलामा माछा काट्ने काम गर्छौ, स्मार्ट फोन कहाँ किन्ने भन्ने चिन्ता लागेको थियो ? My Store मा गई स्मार्ट फोन किन्न जाँदा त्यहाँका सञ्चालकहरुले स्किम भन्नुभएको थियो तर मलाई विश्वास लागेको थिएन तर अहिले निकै उत्साह भएको मगरले बताए ।

यस्तै My Store का सञ्चालक तिलक खत्रीले स्मार्ट फोन खरिद गर्ने ग्राहकलाई हरेक हप्ता ‘लक्की ड्र’ मार्फत सुनको गहना उपहार दिइने व्यवस्था गरिएको बताए ।

दशैतिहारको उपलक्ष्यमा प्रत्येक स्मार्ट फोनको खरिदमा हात खाली नजाने उपहार समेत राखेको बताए ।

उनका अनुसार १ हजार वा साे भन्दा बढि मुल्यकाे जुनसुकै सामान खरिद गर्दा ‘लक्की ड्र’ मा समावेश गरिने  र सो उपहारको लागि My Store मा आएर स्मार्ट फोन किन्न आग्रह गरे । याे अफर दशैतिहारसम्म सञ्चालन हुने र दशैतिहारसम्म १० जनाले ‘लक्की ड्र’ बाट सुनकाे उपहार पाउनेछन भने  ‘लक्की ड्र’ बाट सुनकाे उपहार पाउने चप्परगौडीका लालु धर्ती मगर पहिलाे भएकाे खत्रीले जानकारी दिएका छन् ।

My Store कोहलपुर न्यूरोडमा रहेको होटल पप लाईफको ग्राउण्डमा छ । My Store को ९८६९९९०९१४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार