Kohalpur Today Header Ads

अखिल क्रान्तिकारीद्धारा कोहलपुरमा दिपप्रज्वलन गरी मनायो संविधान दिवस




कोहलपुर ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेले कोहलपुर चौराहमा दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको छ ।

कार्यक्रमको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का अध्यक्ष सुनिल बटालाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाँके इन्चार्ज नरेन्द्र पाण्डे ‘जेम्स’ को प्रमुख अतिथ्यितामा संविधान दिवस मनाएको हो ।

LIfe Ok

‘जेम्स’का अनुसार नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानलाई भव्य र हर्षउल्लासका साथ मनाउनुपर्ने बताए । विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको उनको भनाई थियो ।

दिपप्रज्वलन कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश प्रमुख सचिव लगायत क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार