शिवध्वज शाही, कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—११ न्यूरोडमा संविधान दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा दिपप्रज्वलन कार्यक्रम गरिएको छ । बुधबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा संविधान दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा दिपप्रज्वलन कार्यक्रम गरिएको हो ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव एकराज शर्माले कार्यक्रम सञ्चालन गरेका हुन् ।
दिपप्रज्वलन कार्यक्रममा प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले नेपाली नागरिकलाई संविधानले सम्पूर्ण अधिकार दिएको बताए । नेपालको संविधानलाई भव्य रुपमा मनाउन आग्रह समेत गरे ।
कोहलपुर नगर प्रहरी, कोहलपुर टुडे डट्कम, दियालो परिवार, बाँके, कोहलपुर एफएम, राष्ट्रिय मानव अधिकार मंच नेपाल, बाँके, नेपाल रेडक्रस सोसाइटी उपशखा कोहलपुरको समन्वयमा दिपप्रज्वलन कार्यक्रम गरिएको हो ।
नेपालको संविधान जारी भएको असोज ३ गतेलाई नेपालमा संविधान दिवसको रुपमा मनाउने गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्