नगर स्तरीय निबन्ध प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुलकी छात्रा प्रथम




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नगर स्तरीय निबन्ध प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुलकी छात्रा प्रथम भएकी छिन् ।

शनिबार ‘बालबालिकामा लगानी : सुनिश्चित भविश्यको थालनी’ भन्ने मूल नाराका साथ ६०औं बाल दिवसको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा आधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरुको लागि ‘हाम्रो कोहलपुर’ विषयक निबन्ध लेखन प्रतियोगितामा जनज्योति पब्लिक हाई स्कुलकी छात्रा प्रथम भएकी हुन् ।

प्रतियोगितामा जनज्योती पब्लिक स्कुलकी छात्रा सदिक्षा हमाल, प्रथम, निम्बल एकेडेमिकी क्षात्रा आरजु पाण्डे द्धितीय, त्रिभुवन नमुना माध्यमिक विद्यालयका छात्र विवेक चौधरी तृतीय भएका हुन् ।

प्रतियोगितामा कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा पुस्तकालयका पूर्व उपाध्यक्ष लाल बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई, शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रिनाथ सापकोटा लगायत अन्य अतिथिहरुले विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कार वितरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार