Kohalpur Today Header Ads

जिवन ज्योति स्कुलको खण्डन : चन्दा नदिएको नाममा अनर्गल दुष्प्रचार गरियो




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा सञ्चालित जिवन ज्योति स्कुलले विद्यार्थी संगठनले निकालेको विज्ञप्तीलाई खण्डन गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति बाँकेले मंगलबार (भदौ २५ गते) सार्वजनिक गरेको प्रेस विज्ञप्तीलाई जिवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले खण्डन गरेका हुन् ।

LIfe Ok

प्रिन्सिपल फादर जोमन जेम्सले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘३ जनाको समूह विद्यालयमा आएर अस्विभाविक ५० हजार भन्दा बढि रकम अनिवार्य दिनुपर्ने माग गरेको र सो रकम नदिए विद्यालय क्षति पु¥याउने, विद्यालयका प्रध्यानाध्यापकलाई हुल हुज्जत गर्ने धम्की पछि प्रहरी प्रशासनको सहयोगमा विद्यालय हाता बाहिर पठाइएको थियो ।’

‘५० हजार चन्दा मागेका थिए तर त्यति सकिदैन ५ हजारसम्म सकिन्छ भन्दा उहाँहरुले लिनुभएन’ ‘त्यसपछि उहाँहरुको बोल्ने भाषा नै नराम्रो हुन थालेपछि सुरक्षाको लागि प्रहरी बोलाएको हुँ ।’ जिवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले भने ।

विद्यालयमा आएर धम्की दिने तीन जनाको नाम सार्वजनिक गरेका थिए जसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) का नेता तुल्सीणी केसी, महेश बस्नेत र विनोद शर्माको नाम लिएका थिए ।

फादर जेम्सले नेकपा माओवादी केन्द्रका नेताहरुसंग कोडिनेशन भइरहेकै थियो । कोडिनेशन भएका नेताहरुको नाम समेत सार्वजनिक गरेका थिए । जसमा माओवादीका नेता उषा पुन, कृष्ण केसी नमूना र नरेन्द्र पाण्डे जेम्ससंग कुराकानी भएको र उहाँहरुले हामीलाई कुनै जानकारी नभएको जानकारी दिएको फादर जेम्सले पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल जेम्सले बताए ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठनले गरेको व्यवहारप्रति नेकपा माओवादी नेता नरेन्द्र पाण्डे जेम्सले विद्यालयमै आएर माफि मागेको विद्यालयका प्रिन्सिपल जेम्सले बताए ।

प्रिन्सिपल जेम्सले आफ्नो विद्यालयले गरेका राम्रा विषयलाई निकालेका थिए जसमा कक्षा ८ को नतिजा र एईईमा समेत शत प्रतिशत विद्यार्थी पास गराएको, कोरोना महामारी, बाढि पिडित, भूकम्प पिडित, असाहय, अनाथ बालबालिका र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि स्रोध साधन सहयोग गर्दै आएको बताए ।

फादर भन्छन्, ‘जिवन ज्योति स्कुल कुनै धर्म प्रचार गर्दैन र गर्ने पनि छैन । सबै धर्मको सम्मान गर्छ । यहाँ हिन्दु धर्मलम्वीलाई पुजा आरधाना पनि हुन्छ भने अन्य धर्म मान्ने व्यक्तिहरुले पनि आफ्नै रितिरिवाजमा धर्म मान्ने चलन छ ।’ विद्यार्थी संगठनले लगाएको यो झुठो आरोप मात्र भएको उनको जिकिर थियो ।

संगठनले दिएको अल्टिमेटम सहित क्षति पु¥याउने धम्की दिएकोले स्थानिय प्रशासनको गम्भिर ध्यानाकर्षण गराउँदै विद्यालयमा कुनै अवान्छीत क्रियाकलाप र क्षति पुगेमा सम्बन्धीत पक्ष नै जिम्मेवार रहने विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नेता अविरल खड्का, चण्डी गैरे, फुलाराम थारु, हेम विक्रम जिसी लगायत कोहलपुरका पत्रकारहरुको उपस्थित रहेको थियो ।

विज्ञप्ती हेर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् ।

अखिल क्रान्तिकारीले जिवनज्योति स्कुललाई दियो १५ दिने अल्टिमेटम

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २६ गते बुधबार