कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुललाई अखिल क्रान्तिकारीले १५ दिने अल्टिमेटम दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भदौ २५ गते (मंगलबार) एक प्रेस विज्ञप्ती जारी गर्दै १५ दिने अल्टिमेटम दिएको हो।
पछिल्लो समयमा जिवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलाप गर्दै आइरहेको यथेष्ठ प्रमाणहरु भेटीएको संगठनकाे विज्ञप्तीमा भनिएकाे छ, विद्यालय भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारवर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भएको क्रान्तिकारीले उल्लेख गरेको छ।
विद्यालयले धार्मीक प्रचार प्रसारका सम्पूर्ण तस्विर एवंम अन्य रंगरोगन हटाइ संथागत विद्यालय मापदण्ड निर्देशिकालाई कार्यनयन गर्न अपिल गरेको छ।
१५ दिनभित्र आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल बटालाले जानकारी दिएका छ्न ।
काेहलपुर टुडे । २६ भाद्र २०८१, बुधबार १०:३८