तनहुँ । मुग्लिङ-पोखरा सडक खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने ग १ ख ९४०२ बस आँबुखैरेनीमा बुधबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
बस सडकको बीच भागबाट खहरे खोलामा धसिन पुगेको छ । दुर्घटनामा घाइते भएका केही यात्रुलाई आँबुखैरेनी अस्पतालमा पुर्याइएको छ ।
घटनास्थलमा स्थानीय र प्रहरी टोलीले उद्धार गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ भदौ २६ गते बुधबार











प्रतिक्रिया दिनुहोस्