Kohalpur Today Header Ads

बाँकेमा पहिलो पटक हुम्ली एकता समाज गठन हुँदै




कोहलपुर ।

बाँकेमा पहिलो पटक हुम्ली एकता समाज गठन हुँदैछ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको छ ।

हुम्ला जिल्लाबाट बाँके जिल्लाका बसाईसराई तथा बसोबास गदै आउनु भएका सम्पुर्ण हुम्लीहरुलाई समेटेर एकता समाज गठन गर्न लागेको हुम्ली एकता समाजका अगुवा अशोक भण्डारीले जानकारी दिएका छन् ।

LIfe Ok

भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट तदर्थ समिति गठन गर्ने योजनाका साथ भेला बोलाइएको भण्डारीले जानकारी दिए ।

बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आइरहनु भएका सम्पुर्ण हुम्ली दाजुभाइ दिदि बहिनीहरुलाई २२ गतेको भेलामा उपस्थित हुनको लागि पत्रचार गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार