कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा नृत्य प्रतियोगिता एवम दर खाने कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
बुधबार भएको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ कार्यालयको आयोजनामा भएको कार्यक्रममा नृत्य प्रतियोगिता एवम दर खाने कार्यक्रम २०८१ सम्पन्न भएको हो ।
कार्यक्रममा सभापति राप्तीसोनारी गाउँपालिका ५ का वडा सदस्य सिता थारुको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिसा सिंह थारु रहेका थिए ।
कार्यक्रममा विभिन्न थारु साँस्कृति कार्यक्रम गरिएको थियो आइ एन एफ संस्थाका सुपरभाइजर हस्त विक लगायत करिब २ सय बढिको उपस्थित रहेको थियो ।
काेहलपुर टुडे । २० भाद्र २०८१, बिहीबार ११:२७