नेपाल एपीएफ स्कुलमा तिज मिलन तथा शुभकामना आदानप्रदान

कोहलपुर ।

बाँकेको कोहलपुर २ मा रहेको नेपाल एपीएफ स्कुलमा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

बुधबार हिन्दु धर्मावलम्विहरुको महान पर्व हरितालिकाको अवसरमा नेपाल एपीएफ स्कुलमा कोहलपुर नगरपालिकाका उप–प्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

सुवेदीले विद्यालयका विद्यार्थी, भाइबहिनी र महिला शिक्षक तथा कर्मचारीहरुलाई तिजको शुभकामना सहित दिँदै विएईको नतिजामा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा यसलाई निरन्तरता दिई दक्ष तथा अव्वल विद्यार्थी उत्पादन गर्नको लागि अनुरोध गरेकी थिइन् ।

यस्तै यस विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेनाले जिवनोपयोगी व्यवहारिक तथा संस्कार सहितको शिक्षा दिने प्रतिवद्धता जनाए ।

हिन्दु महिलाहरुको महान पर्वको उपलक्ष्यमा सबै महिलाहरुलाई शुख शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए भने आफ्नो कला र साँस्कृतिको जगेर्ना गर्दै सिकाई संगसंगै व्यवहारीक शिक्षा प्रदान गरी अव्वल नागरिक निर्माण गर्ने बताए ।

तिज मिलन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले आफ्नो गित सहित नृत्य प्रस्तुत गरेको नेपाल एपिएफ स्कुलका विद्यालयका शिक्षक हरी देवकोटाले जानकारी दिए ।