कोहपलुर ।
कोहलपुर नगरपालिका ३ रझेना स्वास्थ्य चौकिमा मोतीविन्दु आँखा शिविर सञ्चालन भदौं १९ गते हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा र नेपालगञ्ज आँखा अस्पतालको संयुक्त आयोजनामा मोतीविन्दु आँखा शिविर सञ्चालन भदौं १९ गते (बुधबार) हुने भएको हो ।
नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा बुधबार कोहलपुर ४ को रझेना स्वास्थ्य चौकीमा मोतीविन्दु आँखा शिविर सञ्चालन हुने रझेना स्वास्थ्य चौकीका कार्यालय प्रमुख भुपेश खत्रीले जानकारी दिए । आफ्नो घर नजिकै मोती विन्दुसम्बन्धी शिविर हुन लागेको हुँदा लाभान्वित हुन स्वास्थ्य चौकीका कार्यालय प्रमुख खत्रीले सबैमा आग्रह गरेका छन् ।
सूचना हेर्नुहास् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्