कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले २० औं साधारण सभा तथा १७ औं राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाएको छ ।
शनिबार पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पुस्तकालयहरू ज्ञानको स्रोतका रुपमा लिई समाजमा बौद्धिकता, सुसंस्कार र जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्छ त्यसकारणले यस्ता संस्थाहरूलाई स्थानिय सरकारले आवश्यक सहयोग गर्नेे प्रतिबद्धता व्यक्त गरे ।
यस्तै जिल्ला समन्वय समितिकी उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले हामीलाई विश्वका अनगिन्ती विचार र दृष्टिकोणहरूसँग जोड्छ जसलेसामाजिक विकास र परिवर्तनतर्फ अगाडि बढ्न सहयोग गर्ने बताइन् ।

यस्तै कोहलपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख लुट बहादुर रावतले सामुदायिक पुस्तकालयहरू समाजको स्तम्भ हुन्, जसले समुदायलाई एकिकृत गर्न, ज्ञान प्रवाह गर्न र सबैलाई शिक्षित बनाउन महत्वपूर्ण योगदान रहेको बताए ।

यस्तै पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयमा एक पटक सबै आउनुहुन अनुरोध गर्दै पुस्तकालयले समाजमा दिएको ज्ञान र बौद्धिकता विकासमा खेलेको भूमिकालाई प्रशंसा गरे ।
कार्यक्रमलाई सरल र उर्लासपुर्ण वातावरणमा सहजीकरण पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए । यस अवसरमा ज्ञानोदय पुस्तकालयले आफ्ना पाठकहरूलाई थप ज्ञान र सन्दर्भ सामग्री प्रदान गर्ने उद्देश्यले ज्ञानोदय पुस्तक विमोचन गरिएको थियो ।

यस्तै कार्यक्रममा जयश्वर पौडेल, रेशम सापकोटा, दान बहादुर हमाल, पुष्कर रिजाल, वीर बहादुर थापा लगायत सम्पूर्ण संघ संस्थाका प्रमुख, संस्थाका संस्थापक, आजीवन संस्थागत र साधारण सदस्यहरू तथा कोहलपुर नगर भित्रका पुस्तकालय प्रेमी बौद्धिक व्यक्तित्वहरू लगायत समाजसेवीहरूको सहभागितामा रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्