कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ ।
शनिबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको २० औं वार्षिक साधारण सभा तथा १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कोहलपुरका सञ्चालित ३ संस्थागत र १ सामुदायिक गरी ४ वटा उत्कृष्ट विद्यालयलाई सम्मान गरेको हो ।

कार्यक्रमका कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै कोहलपुरका ४ विद्यालयलाई सम्मान गरेको हो ।

सम्मान हुनेमा संस्थागत तर्फ पञ्चमुखी ईमि स्कुल, जनज्योति पब्लिक स्कुल र जिवनज्योति स्कुल रहेका छन् भने सामुदायिक तर्फ त्रिभुवन माध्यमिक विद्यालय रहेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालयका सचिव एकराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्