Kohalpur Today Header Ads

ज्ञानोदय सामुदायिक पुस्तकालयले आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा आशिका थापा प्रथम




कृष्ण कुमार शाही कोहलपुर ।
प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी वि कले पुस्तकालय ज्ञान प्रदान गर्ने स्रोत भएको वताए । उनले पुस्तकालय पठनसंस्कृती विकास गराउने विश्वविद्यालय भएको जानकारी दिए ।

पुस्तकालयले बांड्ने भन्दै हिजो, आज र भोलिको कोहलपुर परिवर्तन गर्ने आधार पुस्तकालय भएको वताए । पुस्तकालयमा पठनसंस्कृतीको विकासमा कमि आएकोले पुस्तकालयले हरेक कार्यक्रमले सन्देश दिएको जानकारी दिए ।  राष्ट्रव्यापी खुला कविता प्रतियाेगितामा तृतीय स्थान प्राप्त गर्न सफल कवि चन्द्रावती अधिकारी लाई दोसल्ला द्वारा सम्मान गरेको छ ।
व्यानर पढेर उदघाट्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षकको उल्लेख्य सहभागीता थियो ।

LIfe Ok

२४ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा आशिका थापा प्रथम, जिवनज्योति माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा प्रतिक्षा वाग्ले द्वितीय, निम्बल एकेडेमी कक्षा १० मा अध्ययनरत छात्र समिर लामा तृतीय साथै बालज्योती मा.वि. कक्षा १० मा अध्ययनरत छात्रा प्रेयङ्का बोहोरा सान्त्वना भएका छन् । साथै यही भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको सभाहलमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।


भाद्र १५ गते पुस्तकालयको सभाहलमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरिने पुस्तकालयक सचिव एकराज शर्माले कोहलपुर टुडे लाई जानकारी दिए । पुस्तकालयले भाद्र १ गते खुला रामायण वाचन प्रतियोगिता र भाद्र ८ गते आधारभुत विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव एकराज शर्माले सहजीकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार