Kohalpur Today Header Ads

ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न




कृष्ण कुमार शाही कोहलपुर ।
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा आधारभुत विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ्व। निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने आदर्श वाक्यका साथ १७ पुस्तकालय दिवसको अवसरमा चित्रकला प्रतियोगिता गरेको हो । उक्त प्रतियोगितामा प्रमुख  अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विकले पुस्तकालय ज्ञान प्रदान गर्ने स्रोत भएको वताए । पुस्तकालयले गर्न्व काममा कुनै कसुर नभए वताए । उनलेे पुस्तकालयमा पुस्तक मात्र नभई ज्ञानको भन्डार भएको वताए ।  नगर शिक्षा प्रमुख राम बहादुर हमालले पुस्तकालय पठनसंस्कृती विकास गराउने विश्वविद्यालय भएको जानकारी दिए । हजार शब्दल्व दिने ज्ञान एक चित्रले दिने भएकोले हिजो, आज र भोलिको कोहलपुर लाई समेटेर शिक्षा दिने गरि भाग लिन विद्यार्थी लाई अनुरोध गरे ।

पछिल्लो चरणमा पठनसंस्कृतीको विकासमा कमि आएकोले पुस्तकालयल्व गर्ने कार्यक्रमले सन्देश दिएको जानकारी दिए ।दल बहादुर गन्धर्व प्रेम बहादुर गन्धर्व शेर बहादुर गन्धर्व र गोपिलाल गन्धर्व कलाकारहरुको सम्मान गरिएको छ । उनिहरुले कलाकारहरुले  सन्देशमुलक गित गाएका थिए । विद्यालय जाऔ, निरक्षर हटाऔ घरमा काम गरौ र शिक्षा प्राप्त गर्न पछाडि नपरौ भन्ने मुल सन्देश दिएका थिए  ।


पानसमा बत्ति बालेर उदघाट्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षकको उल्लेख्य सहभागीता थियो ।  २९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
चित्रकला प्रतियोगितामा वागेश्वरी एकेडेमी कोहलपुर कक्षा ७ मा अध्ययनरत छात्रा नेन्सी रावल प्रथम, कृष्ण माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत छात्रा नियुक्ति गुरुङ द्वितीय, नेपाल राष्ट्रिय मा.वि. खड्गवार कक्षा ८ मा अध्ययनरत छात्रा डिलमाया हमाल तृतीय  स्थान प्राप्त गरेका छन ।  साथै तक्षसिला एकेडेमी कोहलपुर  कक्षा ८ मा अध्ययनरत छात्र प्रवेश पौडेल र जनज्योति पब्लिक स्कुल कोहलपुर कक्षा ६ मा अध्ययनरत  छात्रा श्रृष्टि शाही सान्त्वना भएका छन् ।

LIfe Ok

भाद्र १५ गते पुस्तकालयको सभाहलमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरिने पुस्तकालयक  सचिव एकराज शर्माले कोहलपुर टुडे लाई जानकारी दिए । पुस्तकालयले भाद्र १ गते खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव एकराज शर्माले सहजीकरण गरेका थिए । पुस्तकालयले यहि भाद्र १० गते कोहलपुर नगरपालिका अन्तरगत रहेका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम राखेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार