कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-२ मा ‘द गार्डेन रिर्सोर्ट’ खुलेको छ ।
करिब २५ लाखको लगानीमा खुलेको ‘द गार्डेन रिर्सोट’ शनिबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै नगर प्रमुख आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउने र कोहलपुर नगरको आर्थिक अवस्था मजबुद बनाउने काम गरेको भन्दै थप लगानी गर्ने वातावरण तयार गर्न आफू सधै सकारात्मक रहेको बताए ।

यस्तै सञ्चालक इन्द्र गुरुङका अनुसार गाउँठाउँको स्वाद, स्थानिय थारू परिकार, हासको छोइला, लोकल कुखुरा लगायत अन्य विभिन्न परिकारहरु र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसंगको सहकार्यमा समेत आन्तरिक तथा बाह्य पर्यटक ल्याउने गरी नयाँ योजना सहित सञ्चालन गरेको बताए ।
रिर्सोटमा १ सय ५० भन्दा बढि अट्ने हल भएको, अत्याधुनिक सेवा सुविधा भएका गेष्ट रुम, चिड्रेन पार्क, शान्त, स्वच्छ वातावरण भएको र ६ वटा कजेट समेत रहेका छन् ।
(फोटो फिचर)

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्