गायीका सिंहको तीज गीत ‘पापि बारुलो’ सार्वजनिक (भिडियो सहित)

Featured Video Play Icon

कोहलपुर ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । यसै बिच ‘पापि बारुलो’ बोलको तिज गिति सार्वजनिक भएको छ ।

नजिकिँदै गरेको हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा रितु सिंहको शब्द तथा स्वर रहेको छ भने संगित बलु तामाङ्गले दिएका छन ।

प्रकाश कंडेलको निर्देशन रहेको भिडियोमा रितु सिंह र प्रकाश कडेलले अभिनय गरेका छन् ।

आज शनिवार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै लेखक तथा गायकीका रितु सिंह तथा संगितकार बलु तामाङ्गले उक्त तिज गित ‘पापि बारुलो’ बारे जानकारी गराएका हुन । ‘पापि बारुलो’ गित सहित गायीका रितु सिंहले ४ वटा गितमा आफ्नो शब्द तथा आवज दिएकी छन ।

सिंह बाँके जिल्लाकी हुन । उनी नेपालगञ्ज वडा नं. ६ मा बसोबास गर्दै आइरहेकी छन । पत्रकार सम्मेलनमा बोल्दै गायकीका तथा लेखक सिंहले तिजको मौलिकता माथी प्रश्न उठ्ने खालको ‘पापि बारुलो’ गित नरहेको दावि गरेकी छन ।

उनले आफ्नो नेपाली मौलिकतालाई जोगाईराखेको समेत बताइन । बाँके स्थित नेपालगञ्जमा बागेश्वरी एफ.एम मा अवधि कार्यक्रम चलाउने रितु सिंह हाल आएर गायनका क्षेत्रमा सक्रिय हुन थालेकि छन् ।

उनीसंग नेपाल टेलिभिजनको अवधि टेली सृखंलामा समेत अभिनय गरेको अनुभव रहेको छ । सिंहसंग गैर सरकारी संस्थामा आवद्ध रहेर शिक्षाका क्षेत्रमा समेत काम गरेको अनुभव रहेको छ ।

सिंह जिल्लाको एक शशक्त महिला नेतृ समेत हुन । स्थानीय स्तरमा गायन क्षेत्रको विस्तारले स्थानीय स्तरमा खुलेका रेकडिङ्ग स्टुडियोको व्यवसाय समेत राम्रो हुने गरेको छ ।

तानसेन रेकडिङ्ग स्टूडियोले तयार पारेको ‘पापि बारुलो’ गित सगरमाथा इन्टरटेन्मेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको छ ।

भिडियाे हेर्नुहाेस् ।