कृष्ण कुमार शाही, कोहलपुर ।
जेसीज सप्ताह २०२४ अन्र्तगत शिवशक्ति नमूना आधाभूत विद्यालयमा मुख सरसफाई सचेतना कार्यक्रम गरेको छ । मंगलबार कोहलपुर जिसीजले शिवशक्ति नमूना आधाभूत विद्यालयमा मुख सरसफाई सचेतना कार्यक्रम गरेको हो ।
विद्यालयका प्रअ बद्रिनाथ सापकोटाका बालबालिकाको व्यवहारिक ज्ञान र सिप विकास गराउन कार्यक्रमको आयोजना गरेको बताए । स्वास्थ्य नै धन हो भन्ने उनीहरुमा सिकाउन जरुरी छ, खानपान, मुख सरसफाई जस्ता विशेष ज्ञान तथा व्यवहारिक शिक्षा समेत दिनुपर्ने उनको भनाई थियो ।

कोहलपुर जेसीज राज कुमार पौडेलका अनुसार जेसीज सप्ताह अन्तर्गत विद्यालयमा समेत मुख सरसफाई सचेतना कार्यक्रम समेत गनुपर्ने र सो यस विद्यालयमा गर्न पाउँदा निकै खुसी भएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुख स्वास्थ्य सामान्य उपचारका रुपमा लिने गरिएकोले धेरै मानिसहरु मुख स्वास्थ्य समस्याले ग्रसित हुने भन्दै समय समयमै सरसफाई गर्नुपर्ने डा. प्रतिभा शाहीले बताइन् । कार्यक्रम दुई सिप्टमा सञ्चालन भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्