बैजनाथबाट ७ जना जुवाडे पक्राऊ




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाबाट ७ जना जुवाडे पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपरले आज विहान करिब १ बजेको समयमा बैजनाथ ६ रामपुर स्थित समर चन्दको घरमा जुवा खेलिरहेको बेलामा इलाका प्रहरी कार्यालय कोहलपुरले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ ६ रामपुरका समर चन्द, हिरालाल केसी, रघुबिर सुनार, ८ चाँदनीका अभिषेक बि.क. एच गाँउका खिमराज बि.सी, डम्मर बहादुर वली र बासँगढी २ स्थायी घर भई हाल बैजनाथ ६ सम्झनाचोकका चित्र बहादुर सुनार रहेका छन् ।

इप्रका कोहलपुरका प्रमुख प्रहरी निरिक्षक (डिएसपी) धर्मराज भण्डारीले १ गड्डी तास खोलेको, ७ गड्डी तास नखोलेको र नगद ३८ हजार सहित पक्राउ गरी अनुसन्धान भइरहेको कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रबार