कोहलपुर ।
जेसिज सप्ताह- २०२२ अन्तर्गत बिहीवार कोहलपुरमा ट्राफिक सचेतना सम्बन्धि स्लो बाईक प्रतियोगिता भएको छ ।
स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने देखिएको बताए ।
दुर्घटना न्यूनीकरण कम गर्न चालकका साथै स्थानीयले पनि ट्राफिक नियमको पुर्ण पालना गर्न गति सिमित गरि आफ्नो तर्फबाट आफै सचेत रहनु पर्ने मल्लले औल्याएका थिए ।
कार्यक्रममा नेपाल जेसिज पुर्ब कार्यकारी उपाध्यक्ष तिर्थ पौडेल, नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डे, कोहलपुर जेसिजका पूर्ब अध्यक्ष बुद्धि थापा लगायत जेसिजका पदाअधिकारीहरुको सहभागिता थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्