कोहलपुर ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुन लागेको छ ।
१७औं राष्ट्रिय पुस्तकालय दिवस तथा पुस्तकालयको २०औं साधारण सभाको अवसरमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो ।
‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यमा कोहलपुर नगर भित्रका माध्यमिक तह विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता र ‘शैक्षिक नगरी कोहलपुर’ विषयक कोहलपुर भित्रका आधारभूत तह विद्यालय स्तरिय चित्रकला प्रतियोगिता हुन लागेको पुस्तकालयका सचिव एकराज शर्माले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगिता सहभागि हुन भदौ ९ गते बेलुका ५ बजेसम्म विद्यार्थीको नाम दर्ता गराउनुपर्ने छ भने चित्रकला प्रतियोगितामा सहभागि हुन भदौ ७ गते ५ बजेसम्म विद्यार्थीको नाम दर्ता गराउनुपर्ने छ ।
चित्रकला प्रतियोगितामा सहभागि विद्यार्थीले पेप बाहेक अन्य आवश्यक सामग्रीहरु आफै ल्याउनु पर्नेछ भने पेन्सील र कलर दुवैलाई मान्यता दिइने सूचनामा उल्लेख छ ।
यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा भानुभक्तिय रामायण वाचन प्रतियोगिता समेत हुन लागेको छ ।
प्रतियोगितामा सहभागि हुन सरोकारवाला महानुभावहरु सबै आउनु सकिने व्यवस्था मिलाइएको छ भने प्रतियोगितामा सहभागि हुन श्रावण ३२ गते (भोली) बेलुका ५ बजेसम्म नाम दर्ता गराउनुपर्नेछ ।
नाम दर्ता गराउन सम्पर्क नं. ०८१–५४१६४४, ९८४८१३०६५०, ९८४८२५२९६० मा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
काेहलपुर टुडे । ३० श्रावण २०८१, बुधबार १३:५९