बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक




काठमाडौं ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

२१ दिन अवधिका लागि बोलकबोल हुने लागेको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ ।

निक्षेप संकलन उपकरण बोलकबोल भएर बुधबार नै निस्कासन हुेनछ । ५ भदौमा उक्त उपकरणको अवधि पूरा भएसँगै सावाँ र ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधबार