भगवती पोख्रेल, कोहलपुर ।
कोहलपुरमा अवस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा लोरि गजल सङग्रहको परिचर्चा गरिएको छ । लोरि गजल संग्रहका कृतिकार खिम ले सि द्वारा गजल वाचन गरेका थिए ।

परिचर्चा कार्यक्रममा बोल्दै गजलमा विद्यावारिधि गरेका साहित्यकार टिकाराम सहयात्रीले गजल विधा आजको समयमा निकै चर्चामा रहेको वताए । लोरि गजलको उदय कोभिड -१९ को कारण आएको वताए । कोभिडले मलाई गजलको बाटोतिर डोऱ्यायो। बिस्तारै गजलका सेर, मतला, काफिया र रदिफसँग खेल्न सिकायो। लेख्न सिकायो ।
सबै सन्तान तिम्रा युरोप अमेरिका, पीर भएन त्यसैले त देश बनाउन तिम्रो मन गम्भीर भएन लाई जिन्दगी यात्राहरुको अनुभूति हो जस्तो लाग्छ । म साहित्यले त्यही अनुभूति बाँचेको समाजको चित्रण गर्छ । म यात्रा गर्न धेरै मन पराउने मान्छेभित्र पर्छ । जहाँ यात्रा गयो, त्यहाँका बारेमा लेख्ने बानी थियो मेरो । राष्ट्रिय योजना आयोगको स्वयंसेवक हुँदादेखि मैले विभिन्न सङ्घसंस्थामा हुँदा कर्नाली र सुदूरपश्चिमका धेरै जिल्लामा बसेर काम गर्ने अवसर पाएँ। जहाँ बसें, त्यहीँका बारेमा लेखें। अमेरिका आउनुभन्दा २८ दिन अघिसम्म पनि सुदूरको जिल्ला बाजुरा बसेर सेवा गरिरहेको अनुभव सुनाए ।

अहिले यात्राहरु कम भएका छन् । यात्रा वर्णनलाई समेटेर एकदिन नियात्रा सँगालो निकाल्ने मनमा सोच थियो। त्यो सोच अहिलेसम्म पनि उस्तै छ । ‘नियात्राको तयारी गर्नुस्, म सक्दो कोसिस गर्छु भनेट साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाजीले ऊर्जा पनि थप्नुहुन्थ्यो। बालसखा लेनिन बञ्जाडेले पनि विभिन्न नियात्रा कितावहरुपढ्ने सल्लाह दिएर ऊर्जाको अर्को खुड्किलो थपेको जानकारी दिए ।
लगत्तै कोभिडले विश्वलाई घरभित्रै सुतायो। भौतिक दूरी बढायो। एक्लै बनायो । यात्रा गर्न दिएन । नियात्राको खुड्किलो उक्लन दिएन । यात्रा ठप्प भयो। नियात्रा लेखनी सुस्तायो। मान्छेका दैनिकी कोठाभित्र सीमित भए । सर्वस्व कुरा कोठामै खोज्ने दिन आए । न जन्त जान पाइयो, न त मलामी । कोभिडले मलाई गजलको बाटोतिर डोऱ्यायो । बिस्तारै गजलका सेट, मतला, काफिया र रदिफसँग खेल्न सिकायो । लेख्न सिकायो । अमेरिकामा मैले काम गर्ने कम्पनी नब्बे दिन बन्द भयो । क्यासिनोमा काम गर्थे। अहिले पनि गर्छु । ती सम्पूर्ण नब्बे दिन एउटै कोठामा बिते ।
त्यही नब्बे दिनमा झन्डै सय जति फिलिम हेरें। ३० जति किताब पढ़ें। र, साहित्यको एक विधा गजलले किबोर्डको व्यस्तता बढायो । सुरुवाततिर युटुबमा अग्रज गजलकारका भिडियो हेर्न थालें । उर्दू र हिन्दीका गजल सुन्न थालें । बिस्तारै लेख्ने बानी बसालें । त्योभन्दा अगाडि गजलको नियम थाहै नपाएर सायरी जस्तो लेख्थें । कति ठाउँमा सुनाएको पनि थिएँ । जब गजलका सूत्र चिनें, केही लेख्न सिकें । पहिले लेखेका सायरीलाई सच्चाएर गजल बनाएँ । कतिलाई पूरै हटाइदिएँ । यसरी गजल लेख्ने र सिक्ने क्रम निरन्तर चलिरहेको छ ।


एकदिन गीतकार प्रकाश केसी सर र गजलकार प्रबल विष्ट सरसँग कुटा हुँदै थियो। उहाँहरूले पनि मलाई गजलसङ्ग्रह निकाल्नलाई ऊर्जा थप्नुभयो । मेरो ऊर्जा बिस्तारै अर्को खुड्किलो उक्लियो। कवि प्रज्ज्वल अधिकारी र गजलकार बाबु त्रिपाठीले अर्को हौसला थप्नुभयो। त्यसैगरी गजलकार विपीन सलामी र गजलकार अभि समर्पणले मलाई झन्डै भयाङको अन्तिम खुड्किलानिट पुयाउने काम गर्नुभयो । सङ्ग्रह कमरी छाप्ने होला भन्ने द्विविधा चलिरहेकै बेला कवि नवीन अभिलाषीले पुष्टिन पुस्तक संसारसम्म पुयाइदिनुभयोबेला कवि नवीन भएर बीएन मुख्त कका प्रोप्राइटर सूर्य बीसीले गुन लगाउनुभयो । बल्ल मैले भयाङका सबै खुड़िकला पार गरे डौं भयो भनेका छ्न । कार्यक्रममा हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जानबाट गरिएको स्वागत कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थियो । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्