सौर्य जहाज दुर्घटना स्थलबाट शव निकालिदै
त्रिभुवन विमास्थल नजिकै भएको सौर्य जहाज दुर्घटनाबाट शव निकालिदैछ। बुधबार बिहान करिब ११ बजे चालकदलका सदस्य सवार जहाज दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनाग्रस्त जहाजमा आगलागी भएको छ। अहिले आगो नियन्त्रमा आइसकेको छ। विमानमा १९ जना सवार रहेको बताइएको छ।
दुर्घटनास्थलमा अहिले अग्नी नियन्त्रकहरू परिचालन भएका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्