Kohalpur Today Header Ads

आखाँको उपचार गराउन सहयोग खोज्दै जाजरकोटका काल्ठेरे नेपाली




सर्जन आर्सी, जाजरकोट ।

जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६०-५६ वर्ष उमेरका उनीले दुबै आँखाले काम गर्न छोडेपछि साहारा कोही छै्रन ।

अति गरिब भएको र जो कि साझ के खाने अनि बिहान के खाने अवस्था छन् । साझ बिहानको छाक टार्न पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर खान्र्थे । अहिले उनीका दुईवटै आँखा एक्कासी बन्द भए ।

LIfe Ok

पिडितका आफ्न्त तथा स्थानिय युवाहरुको सक्रियतामा आँखाको उपचारको लागि रकम संकलन गर्न लागेका छन् । नविन सिंहलेका अनुसार मनसुर नेपालीका दुई छोरी, एक छोरा र श्रीमती छन् । घरपरिवारको अवस्थामा पनि नाजुक छ ।

नविन सिंहले आफ्नो नेतृत्वमा रकम संकलन गरिरहेको बताए । हालसम्म ३७ हजार १ सय ११ रुपैया संकलन भएको छ ।

विभिन्न व्यक्तिहरुले सहयोग गरेका हुन् । जसमा कुशे गाउँपालिका ९ निवासी हाल विदेशमा रहेका प्रेम रोकाय र नबयूक विवेक १०,०००, हाल काठमाडौ बस्दै आएका दिनेश रोकायले १००००, हाल काठमाडौमा बस्ने निर्मला शाह ५०००, खीम रोकाय ५०००, कैलाश सिंह ठकुरीले ४०००, कुशे—८ रोकाया यशा क्षेत्रीले २००० र कुशे ७ का गोबिन्द सिहले १ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् ।

सहयोग गर्नका लागि नविन सिंहको सिटिजन बैंकमा रहेको मोवाइल बैंकिङ्ग (९८६३०८९२६५) मा जम्मा गर्न सकिनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार