६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको बुधबार शव भेटिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।
भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्