Kohalpur Today Header Ads

गुरु पुर्णिामाको अवसरमा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा गुरु सम्मान तथा वक्तृत्वकला कार्यक्रमको आयोजना




भगवती पोख्रेल, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा गुरु पुर्णिमाको अवसरमा सम्मान तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।


गुरु पुर्णिामाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले गुरु पुर्णिामा एक संस्कार सहित गुरु लाई आदर सम्मान गर्ने दिन भएको वताए । उनले हरेक शिष्यहरुमा अन्धकारबाट उज्यालो प्रदान गर्न गुरुको आवश्यकता रहेको वताए । शिष्य लाई जिवनको चेतना जगाउने र संस्कारको उजागर गर्न गुरु आफू जलेर पनि उज्यालो दिदै आएकोले हरेक शिष्यले आ आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहनु पर्ने वताए ।

LIfe Ok

उनले गुरु मैनवती भएकोले आफ्ना शिष्य लाई ज्ञान प्रदान गर्दै शिष्यको भविस्य निर्माण गर्ने सवालमा जिम्मेवारी रहेको वताए ।गुरुको लागि सम्मान गर्नु विद्यार्थीहरुको संस्कार भएको समेत वताए । उनले गुरुको सम्मानको साथै अतिरिक्त क्रियाकलापको आयोजना गरि विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएकोमा स्वतन्त्र विद्यार्थी युनियन लाई धन्यवाद दिए ।


गुरुपुर्णिमाको पावन अवसरमा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा प्राध्यपनरत सम्पूर्ण प्राध्यापकहरु लाई एक कार्यक्रमका बिच खादा र अविरद्वारा सम्मान गरिएको थियो । गुणस्तरीय शिक्षामा वागेश्वरी क्याम्पस र सेमेस्टर प्रणाली भन्ने शिर्षकमा भएको वक्तृत्वकला कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त वकृत्वकला कार्यक्रममा भरत राना प्रथम, देवि काफ्ले द्दितिय र प्रख्यात लम्सालले तृतीय स्थान ल्याएका थिए । उक्त कार्यक्रममा प्रथम द्दितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरु लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको निर्णायक उपप्राध्यापकहरु पुस्करनाथ रिजाल, एकराज शर्मा र खोपिराम वलि रहेका थिए ।
कार्यक्रम वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका पुर्व क्याम्पस प्रमुखहरु रमेशचन्द्र अधिकारी, शिशिर कुमार शर्मा, पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, विभागीय प्रमुखहरु जिवनसिंह राठौर ज्ञानेन्द्र शाही, खोपिराम वलि, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने लगायत प्राध्यापक, विद्यार्थी एवम् पत्रकारहरुको उपस्थित रहेको थियो । स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढाको सभापत्वमा सम्पन्न कार्यक्रमको सन्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकाश मल्ल र कोषाध्यक्ष सुरेश चंदाराले गरेका थिए ।


यस अघि स्नातक तह छैठौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले आ आफ्नो विभागका गुरुहरुको सम्मानमा केक काटेर सम्मान गरिएको थियो । आज देशैभरका शिक्षणसंस्थाहरूमा गुरुहरुको सम्मान गर्ने प्रचलन छ । आफ्नो गायत्री श्रवण गराउने गुरु, ज्ञानको ज्योति प्रदान गर्ने शिक्षा गुरु, दिक्षागुरु लगायत अग्रज मानी कुनै न कुनै ज्ञान र सीप प्रदान गर्ने अभिभावक र अग्रज लाई गुरु मान्ने प्रचलन रहेको उपप्राध्यापक एकराज शर्माले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतबार