लुम्बिनी प्रदेशका रोगी सांसद : कुन सांसदले कति रकम लिए ?




लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले १ लाख २२ हजार ५ सय रुपैयाँ भोजप्रसाद श्रेष्ठले ७७ हजार ६४५ रुपैयाँ लिएका छन् । यस्तै, गीता गुरुङले ८२ हजार ४८२ रुपैयाँ, रेखाकुमारी शर्माले २१ हजार १७४ रुपैयाँ उपचार खर्चका लागि लिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यस्तै, धनलक्ष्मी श्रेष्ठले २ लाख ६ हजार २४० रुपैयाँ, यामबहादुर नेपालीले ६९ हजार ६००, सरिता पुनले ९४ हजार ६४, मिनाकुमार श्रेष्ठले ६२ हजार ३९, अब्दुल रज्जाक गद्दीले ६१ हजार ६८९ रुपैयाँ, खड्ग बस्नेतले ४ लाख १४ हजार ८५६ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

यसैगरी शान्ति लोधले १२ हजार ४११, तुलसीप्रसाद चौधरीले ४० हजार २७६, निर्मलादेवी चौधरीले ३३ हजार ५८७, डिल्लीराज भुसालले २ लाख ६१ हजार ३२०, अम्बिका काफ्लेले ८७ हजार ३८७ रुपैयाँ उपचार खर्च बुझेका छन् ।

चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले १५ हजार ६५८ रुपैयाँ, जमुना ढकालले १ लाख २४ हजार ८२०, माया पुनले ४३ हजार ३४१, दीपेन्द्र पुन मगरले ४४ हजार ४७, लोक कुमारी विकले ७६ हजार ३४४, जानकी न्यौपाने १७ हजार १५०, इन्द्र कुमारी गहतराजले २७ हजार ५६५, राजु प्रसाद श्रेष्ठले १ लाख १८ हजार ५०५ रुपैयाँ बुझेका छन् ।

प्रदेश सभा सदस्य मिना कुमारी बोहराले ३ हजार १५०, हेमा बेल्वासेले ३० हजार ६८६, देवीप्रसाद चौधरीले ७६ हजार ४२३, तारा थापाले १८ हजार ३९९ रुपैयाँ उपचार खर्च बुझेको लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् ।

चिकित्सकको प्रेस्क्रिप्सन, औषधि, मेडिकल जाँचको रिपोर्ट र बिलसहित सचिवालयमा निवेदन पेस भएपछि उपचार कोषबाट रकम पाइने व्यवस्था छ । प्रदेश सभाले बनाएको कार्यविधि अनुसार १ जना सांसदले उपचारबापत एक आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार