भगवती पोख्रेल, कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं ८ झरकट्टीमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका वडा नं -८ र कोहलपुर नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयममा उक्त कार्यक्रम गरिदै आएको हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका हुन ।
कोहलपुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर’ भन्ने मुलनाराका साथ कोहलपुर बृहत यो पटक वृहत् वृक्षारोपण अभियान रहेको सचिव शर्माले जानकारी दिए । अषाढ महिनाको अन्तिम शनिबारमा आयोजक संस्थाहरुमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर -८ वडा कार्यालय बाँके, कोहलपुर नगर प्रहरी, लुमन्ति (आवासको लागि सहयोग समूह), नेपाल घरेलु तथा साना उद्योग महासंघ, कोहलपुर, शिक्षक, स्थानीय व्यक्तीहरुको उपस्थितमा सम्पन्न भएको सचिव एकराज शर्माले जानकारी दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं -८ का वडाध्यक्ष लाल बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । वृक्षारोपण कार्यक्रम लाई बिरुवा रोपेर उदघाटन गर्दै झरकट्टीमा रहेको डुडुवा खोलामा रहेको जमिन लाई खेलमैदानका रूपमा विकास गर्न वृहत् योजना भएको र नगरपालिकाले पनि आर्थिक बिनियोजन गर्दै आएको वताए ।
उनले बिरुवा लाई संरक्षण गर्न चुनौती रहेकोले सहयोग गर्न सम्पूर्ण संघसंस्था तथा मनकारी व्यक्तिहरु लाई अनुरोध गरे । आगामी शनिबार वडा नं -८ मा निर्माणाधीन बनबाटिकामा वृक्षारोपण गर्ने वताए । सहभागी सम्पूर्ण लाई सहयोग गरेकोमा धन्यवाद समेत दिए ।

यस् अघि प्रथम शृङ्खला कोहलपुर नगरपालिकाको वडा नं १२ को चपर्गौडी बजार, दोस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं ३ र ४ को मदनचोक, तेस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१४ को हवल्दारपुरमा, चौथो शृङ्खला कोहलपुर नगरपालिका वडा नं २ को पाँचौ शृङ्खला एन सि सि एन देखि किरणनाला सम्म, छैठौं शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१५ र सातौ शृङ्खला कोहलपुर -१२ र आठौं शृङ्खला कोहलपुर नगरपालिका वडा नं -११ को सुर्खेत, नबौ शृङ्खला कोहलपुर -९ भवानीपुर र दशौ शृङ्खलाका रूपमा वृक्षारोपण गरिएको पुस्तकालयका सचिव शर्माले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्