Kohalpur Today Header Ads

धारिलो हतियार प्रहार गरी नेपालगन्जमा राईको हत्या




नेपालगन्ज ।

नेपालगन्ज उपमहानगर क्षेत्रमा शुक्रबार राती एक ब्यक्तिको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राती करिव १०ः३० बजेतिर राईको हत्या भएको हो ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले धारिलो हतियार प्रहार गरी एक समुहले राईको हत्या गरेको जानकारी दिए । हत्या गर्ने समुहको पहिचान नभएपनि उक्त समुहले प्रयोग गरेको मोटरसाईकल फेला परेको उनले बताएका छन् । प्रवक्ता डाँगीले भने, ‘हत्या गर्ने ब्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाईकल फेला पारेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं ।’

LIfe Ok

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुब्र्यशनीकर्ताबीच आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका राईको नै हत्या भएको बताइएको छ । गम्भिर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २९ गते शनिबार