ब्राउन सुगरसहित दुई जना पक्राउ

काेहलपुर ।

जिल्ला प्रहरी बाँकेले लागूऔषधसहित दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगरको बिक्री वितरण हुदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट गएको टोलीले बुधबार राती नेपालगन्ज बसपार्कबाट लागूऔषधसहित दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको हाे।

नेपालगन्ज वडा नम्बर ४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित अछाम तुर्माखाद गाउँपालिका ७ घर भई हाल नेपालगन्ज बसपार्क बस्दै आएका प्रेम चलाउने र अछामकै पञ्चदेवल बिनायक नगरपालिका ४ घर भई हाल सोही स्थानमा बस्दै आएका गौरव विष्टलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनासँग लागू औषध कसुरमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।