नेपालमा उत्पादित ४० मेगावाट विद्युत् लानका लागि खरिद बिक्री सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले पत्राचार गरेको छ।
वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै बीपीडीबीले विद्युत खरिद बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो।
बीपीडीबीले पाँच वर्षसम्म ४० मेगावाट विद्युत् किन्न २०८० पुस १६ मा बोलपत्र (टेण्डर) आह्वान गरेको थियो। विद्युत बिक्रीका लागि प्राधिकरणले टेण्डरमा भाग लिएको थियो।
प्राधिकरणको प्रस्ताव स्वीकार गर्ने निर्णय भएको पत्र बीपीडीबी आएको प्राधिकरणका अधिकारीहरुले बताएका छन्। बीपीडीबीले अब विद्युत् खरिद बिक्री सम्झौता गर्न प्राधिकरणलाई मस्यौदा उपलब्ध गराउने छ। मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु पर्नेछ।
बंगलादेशलाई नेपालबाट बिजुली लैजान भारतको सहयोग चाहिन्छ। भारतको ट्रान्समिसन लाइन प्रयोग गर्नु पर्ने भएकाले प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले टेण्डर स्वीकृत भएको जानकारी आएसँगै अब सक्दो चाँडो प्रक्रिया पूरा गरी बंगलादेशमा विद्युत् निर्यात गर्ने बताए।
त्रिपक्षीय विद्युत् बिक्री सम्झौता गर्न तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ। त्यसपछि बंगलादेशमा विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं।
नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्नै हुँदा यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौँ, उनले भने।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशुली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।
प्राधिकरणले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले विद्युत बिक्रीबापत बंगलादेशसँग प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ। भारतको मुजफ्फरपुरसम्म विद्युत लाने जिम्मेवारी प्रिधरकणको हुनेछ।
त्यहाँबाट बंगलादेशले लानेछ। ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो’, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशुली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।
प्राधिकरणले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले विद्युत बिक्रीबापत बंगलादेशसँग प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ। भारतको मुजफ्फरपुरसम्म विद्युत लाने जिम्मेवारी प्रिधरकणको हुनेछ। त्यहाँबाट बंगलादेशले लानेछ।
‘हामीले मुजफ्फरपुर विन्दुमा ६।४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने। हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने।
उनले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क बंगलादेशले नै बेहोर्ने बताए। उनका अनुसार बंगलादेशको सीमासम्म पुग्दा बिजुलीको लागत प्रति युनिट करिब ७.६ सेन्ट पुग्ने छ। नेपालले वर्षायाममा भारतलाई मात्र बिजुली बेच्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्