राप्ती सोनारी गाउँपालिकाका दुई गाउँ अझै अन्धकारमा




कोहलपुर ।

राप्ती सोनारी गाउँपालिका १ कुसुममा बाढीले क्षतिग्रस्त बिद्युत सेवा पूर्ण रुपले अझै सञ्चालनमा आउन सकेको छैन । राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो विभिन्न स्थानमा बिद्युत तारमा क्षति पुर्याएको थियो ।

विगत तीन दिनदेखी अन्धकार गरेपछि बाँकेको कुसुमस्थित राप्तीपारीका आधा दर्जन गाउँ अन्धकार बनेका थिए ।

मर्मतको काम सुरु भएसँगै सोमबार बेलुकादेखी खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको बिद्युत सेवा सुचारु भएको छ । यि ४ वटा गाउँमा सोमबार बेलुकी ७ः४० बजेबाट बिद्युत सुचारु भएको स्थानीय बासिन्दा कृष्ण चौधरीले जानकारी दिए ।

बिद्युत सेवा सुचारु गर्नका लागि दिनभर मर्मत कार्यमा ‘कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेड’ का अध्यक्ष देवबहादुर केसीसहित पदाधिकारी, प्राविधिक कर्मचारी, स्थानीय बासिन्दाहरु खटिएका थिए ।

मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको बिद्युत सेवा सुचारु हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । विद्युत नहुँदा स्थानीय बासिन्दाहरु अन्धकारमा बस्नु परेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमबार