रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

काठमाडौं ।

नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।