एमयूका नवनियूक्त उपकुलपति गौतमलाई बागेश्वरी क्याम्पसमा भव्य स्वागत तथा सम्मान

शिवध्वज शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गौतमले विश्वविद्यालय विश्वप्रतिस्प्रर्धा गर्न सक्ने हुनुपर्ने बताएका छन । उनले विश्वविद्यालय विसुद्ध प्राज्ञिक थलो हुनुपर्ने, कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले अनुसन्धानमुलक कार्यमा लाग्नुपर्ने, आम सरोकारवालाको सहयोग हुनुपर्ने, सबै प्राध्यापक तथा कर्मचारीहरुले आफ्नो पहुँचको प्रयोग तिनवटै सरकारसंग पुगाएर क्याम्पसको समग्र विकास गर्न निर्देशन दिए ।

उनले आफू विश्वविद्यालय बनाउन आएको विश्वविद्यालय लाई विश्वको प्रतिस्पर्धा गर्न सक्ने बनाउने, क्यूएएमा लैजाने सबै आंगिक क्याम्पसलाई सक्षम र सबल बनाउने भनेर चुनौती पुर्ण जिम्मेवार लिएको जानकारी गराए ।

उनले आंगिक क्याम्पसमा देखा परेका समायोजन देखिका तमा समस्या लाई निकै नजिक्बाट नियालेकोले त्यसको स्थायी समाधान गर्न आफू लाई सबैले सहयोग गर्नुपर्ने वताए । आफू नियुक्त भएको एकमहिनामा सबै आंगिक क्याम्पसको अनुगमन गर्ने र आवश्यक सुझाव लिएर सम्बन्धित निकायमा जाने वताए ।

वागेश्वरी क्याम्पस हरेक कुरामा सबै मिलेर यहांको विकास गर्न स्थानीय सरकार प्रदेश सरकारले सहयोग गर्दै आएको जानकारी पाएकोले यसको निरन्तर दिन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालले उपकुलपति लाई बधाई दिदै समायोजनको क्रममा रहेको सबै समस्या लाई समाधान गर्न अनुरोध गरे । आफू हिजो प्राध्यापक संघको अध्यक्ष हुंदा र हाल क्याम्पस प्रमुख हुंदा प्राध्यापक र कर्मचारीका मुद्दामा उभिने गरेकोले विश्वविद्यालयले विभेद गर्न नहुने वताए ।

वर्तमान समयमा कार्यरत प्राध्यापक तथा कर्मचारी र स्ववियु को सक्रियतामा अन्य क्याम्पस भन्दा अब्बल रहेको जानकारी गराए । आफू क्यूएएलाई प्राथमिकता दिदै क्याम्पसको समग्र विकासको लागि आफू र आफ्नो टिम अहोरात्र लागि परेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्दले आफू प्राध्यापकका समस्याको लागि तल्लीन रहेकोले विश्वविद्यालयले समस्या लाई तत्काल निराकरण गर्नुपर्नेमा जोड दिए ।

उनले समस्या लाई चांङ लगाउनु भन्दा समधान गर्दै जानुपर्नेमा जोड दिए । यदि प्राध्यापकका समस्या लाई गहिरो अध्ययन नगर्दा झनै समस्या हुने वताए ।

कार्यक्रममा कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मी, स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढा लगायतले बधाई सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा प्राध्यापक तथा कर्मचारीहरुको उपस्थित रहेको थियो । क्याम्पस प्रमुख दान बहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खोपिराम वलिले गरेका थिए ।