बुद्ध जस्तो शान्त देश नेपाल
हामी सबै बसेको बसेको नेपाल
जहाँ गए पनि हाम्रो देश नेपाल
जहाँ गए पनि भाषा नेपाली
विचार फरक भए पनि मुटु नेपाली
जात फरक भए पनि साथ नेपाली
बसाई फरक भए पनि पूर्खा नेपाली
भुगोल फरक भए पनि मन नेपाली
जे जसो भए पनि हामी नेपाली
जो जहाँ भए पनि हामी नेपाली
पोषाक जस्तो भए पनि हामी नेपाली
सन्तान अनेक भए पनि हामी नेपाली
सगरमाथाको शिरमा चन्द्र, सुर्य झण्डा फरर
हाम्रो शिर ठुलो हुन्छ की हामी नेपाली
जे काम गरे पनि श्रम नेपाली
प्राण भन्दा ठुलो छ भाषा नेपाली
यहि देश नेपालमा जन्मेको जन्मभूमि नेपाली
यहि देश नेपाललाई उन्नती माथि लग्ने हामी नेपाली
अरुलाई ज्ञान सिकाउने हामी नेपाली
अरुको सहयोग गर्ने हामी नेपाली
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्