बैजनाथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

बैजनाथ ।

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले सोमबार औपचारिक रुपमा घोषणा गरेका हुन् ।

बैजनाथ गाउँपालिका, स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविका अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको बताए ।

स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझैपनि खोपप्रतिको धारणा फरक रहेको बताए । ‘कतिपय समुदायले अझैपनि खोप लगाउन मान्दैनन्, खोप लगाएकै कारण बाल मृत्युदर घटेको छ, बालबालिकलाई अपांगता हुनबाट जोगाएको छ,’ उनले भने । सबै बालबालिकाले खोप अनिवार्य रुपमा लगाउनुपर्ने प्रमुख चौधरीले बताए ।