बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : आक्रोस




मरुभुमि भयो मेरो देश प्रशस्त नदि भएर नि पानीको अभाव छ,
महाज्ञानी बुद्ध यहि जन्मेका हुन तैपनि किन सबैको तुच्छ स्वभाव छ ।

कला र संस्कृतिमा पोख्त हामी तैपनि किन पश्चिमी संस्कृतिको रबाब छ,
कहिले बुझ्ने खोइ हामीलाई बैरी छिमेकिको सहयोगको हैन हाम्रै एकताको अभाव छ ।

हाम्रो इतिहास देख्दा सारा विश्वले नै शिर झुकाउछन्,
ऋणी नेपाली छोराहरु आज विदेश गएर ऋण चुकाउछन् ।

अनि देशको सेवा गर्छु भन्दै बसेका राष्ट सेवकहरु देशको ढुकुटी
देश विकासका लागि हैन आफ्नो स्वार्थकाm लागि सिध्याँछन् ।।

भ्रष्टाचार र घुस त यहाँ सामान्य कुरा भइसक्यो
पार्टी कै आन्तरिक किचलो मिलाउँदै समय गइसक्यो ।।

हामी त मख्ख अनि निष्क्रय बसेर हात थापेका छौँ तर
राम्ररी हेर बैरी छिमेकीले सहयोगको निउमा आधा नेपाल खाइसक्यो ।।

है युवा शक्ति अब त स्वदेश फर्कने मन बनाउ
थाहा छ यो तिम्रो रहर होइन बाध्यता हो तर एकै छाक खाएरनी नेपाल आमाको हात समाउ…।

इदि तिमीहरुको मनबाट नै राष्ट भाव हटी सक्यो भने ठिकै छ यो
छोरा अझै जिउदै छ अनि भगवानलाई भन्छु हे भगवान मलाई हिटलर बनाऊ ।।

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख १४ गते शुक्रबार