बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : मेरी प्यारी आमा




हामीलाई जन्म दिने हाम्री प्यारी आमा ।
आमा जस्तै झुल्कन्छ एउटा सुन्दर घाम ।।

आमाले नै देखाउछिन हामीलाई यो संसार
हामी पनि हिड्नु पर्छ उहाकै अनुसार ।

कहिलै जान्छिन्, घाँस पात कहिलै जान्छिन् वन
आमा बिना एक्लै कहिलै मान्दैन यो मन ।।

बाबा भन्छन् पढि लेखी ठुलो मान्छे बन
आमा भन्छिन ठुलो मान्छे बन्न चाहिन्छ मन ।।

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख ११ गते मंगलबार