झिझिरी खोला झुलुङ्गे पुल क्षेत्रमा बृहत सरसफाइ

 

कोहलपुर/
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित झिझिरी खोला झुलुङ्गे पुल क्षेत्रमा बिहिबार बृहत सरसफाई गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति राप्तीसोनारीको आयोजना तथा डब्लु डब्लु एफ नेपालको सहयोगमा संचालन गरिएको कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका रेन्जर अनिल कुमार रामले विश्व वातावरणका दिवसका अवसरमा झुलुङ्गे पुल क्षेत्रको सरसफाईले यसको क्षेत्रको सौन्र्दयताका सहयोग पुग्ने बताउदै सो क्षेत्रको संरक्षण तथा गरी पर्यटकिय क्षेत्रमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले झुलुङ्गे पुल क्षेत्र फोहारका प्रदुषित भएका कारण विश्व वातावरण दिवसका सन्र्दभमा सरसफाइ गरी फोहार व्यवस्थापन गरिएको र आगामी दिनहरु सो क्षेत्रमा बेला बेला सरसफाइ गरिने बताए । सो अवसरमा झुलुङ्गे पुल क्षेत्रमा एनटीएनसीको सहयोगमा दुईवटा सुचना मुलक होडिङ्ग बोर्ड समेत राखिएको छ । सरसफाइ कार्यक्रममा ढकेरी मध्यवर्ती क्षेत्रका ६ वटा सामुदायिक वनका पदाधिकारीहरु नेपाली सेनाको रणबम गणका प्रतिनिधि समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति राप्तीसोनारी ९ का प्रतिनिधिहरु सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।