बैजनाथमा कार्यकर्तालाई खुसी बनाउन दरबन्दी मिलान




कोहलपुर ।

बैजनाथ गाउँपालिकामा आफ्ना कार्यकर्ता खुसी बनाउन मिलान गरेको पाइएको छ । सामुदायिक विद्यालयका आफैमा विभिन्न राजनितिक दल, विद्यार्थी संगठनहरुले कमजोर शिक्षा भयो भन्दै लामोसमयदेखि आन्दोलन गरिरहेका हुन्छन् तर गुणस्तरीय शिक्षाको नाउँमा कार्यकर्ता खुसी बनाउन दरबन्दी मिलान गरेको पाइएपछि बैजनाथ गाउँपालिकाका राजनितिक दल र शिक्षक संगठनहरुको विरोधमा उत्रिएका छन् ।

गाउँपालिकालाई कार्यविधि निर्माण नगरी ४ शिक्षकलाई दरबन्दी मिलान गरेको भन्दै बैजनाथ गाउँपालिका स्तरदेखि जिल्ला स्तरका शिक्षक संगठनहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । बैजनाथ गाउँपालिकाको शिक्षा समितिले २१ गतेको निर्णयबाट ४ शिक्षकलाई दरबन्दी मिलान गर्ने भनी निर्णय गरेको थियो । यति मात्र होइन नेपाली काँग्रेसले समेत ६ बुँदे माग राख्दै फेरी ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काँग्रेसका सभापति देव बहादुर केसीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको अपेक्षा हरेक जनताले गरेको बताए । तर गुणस्तरीय शिक्षाको नाममा आफ्ना कार्यकर्तालाई खुसी बनाउन दरबन्दी मिलान गर्नु औचित्य नभएको बताएका छन् ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै केसीले ती ४ जना शिक्षक नै एमालेका कार्यकर्ता हुन् । उनीहरुले मलाई सो विद्यालयमा हेडमास्टर चाहियो भन्दै गाउँपालिकालाई निवेदन दिएपछि गाउँपालिकाले प्रमुख पनि एमाले नै हुन् । उनीले ती ४ जना शिक्षकलाई खुसी बनाउनका लागि दरबन्दी मिलान गरेको बताए ।

केसीका अनुसार दरबन्दी मिलानप्रति विरोध जनाएको होइन् । गुणस्तरीय शिक्षा सबैका बालबालिकाहरुलाई चाहिन्छ । अहिलेको आवश्यकता भनेको नै दरबन्दी मिलान हो । तर दरबन्दी मिलानको नाममा राजनितिक दलका प्रतिनिधिलाई मात्र दरबन्दी मिलान गर्दा विरोध मात्र होइन अझै तालाबन्दीदेखि आन्दोलनका कार्यक्रम समेत घोषणा गर्ने उनको भनाई थियो ।

२३ गते बुझाएको ज्ञापन पत्रमा ‘प्राथमिक तहदेखि मावि तहसम्म विद्यार्थी, विद्यालयको आवश्यकता, विद्यार्थीको अनुपातमा शिक्षाको ऐन, नियमावली अनुसार कार्यविधि निर्माण गर्ने दरबन्दी मिलान गर्ने आवश्यकता हो । यसलाई सकारात्मक रुपमा लिने थियौं । तर गाउँपालिकाले माघ २१ गतेका दिन दरबन्दी मिलानको नाममा हचुवाको भरमा र्पूवाग्रह सहित, वि.व्य.स. र सम्बन्धीत शिक्षकलाई समेत जानकारी नगराई दरबन्दी मिलान गरेकोप्रति गम्भिर ध्यानाकर्षण गराएकोे छ ।

२४ गते बुझाएको ज्ञापन पत्रमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ एवं शिक्षासंग सम्बन्धीत प्रचलित ऐन नियमका अनुसार शिक्षक सरुवाको अधिकार शिक्षा विकास समन्वय इकाइमा रहेको स्पष्ट व्यवस्था रहेको छ । स्थानीय सञ्चालन ऐन २०७४ बमोजिम कार्यविधि निर्माण गरी गाउँपालिका भित्र रहेका प्रा.वि.देखि मा.वि. सम्मको कुल दरबन्दीलाई पुल (बास्केट) दरबन्दीमा राखी शिक्षक मिलान तथा प्रअ व्यवस्थापन न्यायोचित तरीकाले गर्न जोडदार माग गर्दै मनोमानी ढङ्गले प्रचलित ऐन नियमलाई दुरुपयोग गरी अगाडि बढाइएको माघ २१ गतेको निर्णयलाई यथाशिघ्र बदर गरी आवश्यक कार्यविधि बमोजिम उपयूक्त प्रक्रिया अगाडि नबढाए कानूनी उपचारका साथै कडा आन्दोलनका कार्यक्रम गर्ने बाध्य हुने उल्लेख छ ।

२५ गते बुझाएको ज्ञापन पत्रमा बैजनाथ गाउँपालिका नेपाली काङ्ग्रेस बैजनाथकोतर्फबाट बैजनाथ सभापति देब बहादुर केसि लगाएत नेपाली काङ्ग्रेसका नेताहरुको उपस्थितिमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

दरबन्दी मिलान यस्तै हो : गाउँपालिका प्रमुख रुचाल

बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले दरबन्दी मिलान यस्तै भएको बताएका छन् । कोहलपुर टुडेसंग कुराकानी गर्दै सबै शिक्षकहरुलाई प्रमोसन गरेका हौं तर डोमिनेशन गरेका हौइनौं तर यहाँका शिक्षक संगठन र नेपाली काँग्रसले राजनितिक गर्नका लागि विभिन्न ज्ञापन पत्रहरु बुझाउनुभएको बताएका छन् । रुचालका अनुसार माविको दरबन्दी मिलान नभएका स्थानमा दरबन्दी मिलान गर्दा किन विरोध ? उनले प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधबार