लक्ष्मी माविमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

आज ‘हरियो वन नेपालको धन’ भन्ने मुल उद्देश्यका साथ सुरु गरिएको विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी मावि वर्दहवामा वृक्षारोपण गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, विद्यालयका प्रअ जय बहादुर विष्ट, विद्यार्थी लगायत स्थानियहरुको समेत उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।