विश्व दुध दिवसको अवसरमा नेपालगञ्ज मेडिकल कलेज दशविगाहका सुत्केरी महिलालाई दुध वितरण

कोहलपुर ।

विश्व दुध दिवसको अवसरमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेका ४० जना सुत्केरी महिलालाई दुध वितरण गरिएको छ ।

शनिबार कोहलपुर डेरी एशोसियन जिल्ला बाँकेको आयोजनामा भएको कार्यक्रममा नेपालगञ्ज दुग्ध वितरण आयोजना कोहलपुर बाँकेको समन्वयमा लुम्बिनी कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कोहलपुर नगरपालिका, राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा ४० जना सुत्केरी महिलालाई दुध वितरण गरिएको हो ।

यस्तै कोहलपुर डेरी एशोसियन जिल्ला बाँकेका अध्यक्ष रमिला थापाले दुध दिवसको अवसरमा सुत्केरी महिलाहरुलाई पौष्टिक आहारा उपलब्ध गराउने उदेश्यले यो कार्यक्रम गरिएको बताइन् । मेडिकल कलेजको गाइने वार्डका सुत्केरी महिलाहरुलाई दुध लगायत अन्य दुग्ध जन्य परिकारहरु वितरण गर्न पाउँदा निकै खुसी भएको थापा बताइन् ।

यस्तै कोहलपुर डेरी एशोसियन जिल्ला बाँकेका महासचिव सन्तोषराज पौडेलले किसानहरुको उत्पादनलाई बजारीकरण गर्नेका लागि पाउडर प्लान्ट तयार गर्नुपर्ने बताए । नेपालगञ्ज दुग्ध वितरण आयोजना कोहलपुर बाँकेले किसानहरुको सहजताका लागि ४ विगाहमा पाउडर प्लान्ट बनाउने योजना तत्काल बनाउन आग्रह गरे ।

यस्तै नेपालगञ्ज दुग्ध वितरण आयोजना कोहलपुर बाँकेका आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले किसानहरुका मागहरुलाई सम्बोधन गर्नका लागि पाउडर प्लान्ट बनाउने योजना अगाडी बढेको बताए । पश्चिम क्षेत्रमा किसानहरु मर्का परिरहेका छन् उनीहरुको समस्यालाई समाधान गर्नका लागि ४ विगाहमा पाउडर प्लान्ट बनाउने योजना अगाडी सारेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव मातृका सापकोटा, कोहलपुर डेरी एशोसियन जिल्ला बाँकेका पदाअधिकारी लगायत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।