वागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक सम्प्रेषण विमोचन




कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसको शैक्षिक सम्प्रेषण विमोचन तथा सम्मान कार्यक्रम गरेको छ । मंगलबार पाठ्यक्रम तथा मूल्याङकन विभाग स्नोतकोत्तर तह (एम.एड.) चौथो सेमेस्टरको आंशिक पाठ्यक्रम पुरा गर्नका लागि विद्यार्थीहरुले शैक्षिक सम्प्रेषण, २०८१ अंक ३ वर्ष ३ लाई विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पसका प्रमुख दान बहादुर हमाल, पाठ्यक्रम तथा मूल्याङ्क विभागका विभागिय प्रमुख एकराज शर्मा, स्ववियू सभापति देवेन्द्र बुढा, विमोचन कार्यक्रमका सभापति तथा प्रधान सम्पादक उदय बहादुर बुढा, शैक्षिक सम्प्रेषण, २०८१ अंक ३ वर्ष ३ का सल्लाहाकार रविन्द्र प्रसाद सुवेदीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

यस्तै कार्यक्रममा पाठ्यक्रम तथा मूल्याङ्क विभागका विभागिय प्रमुख एकराज शर्माले अनुसन्धानमुलक लेखन सिपको विकासमा जोड दिनुपर्नेमा भन्दै आफ्नो स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सभापति शैक्षिक सम्प्रेषण २०८१ प्रकाशन समितिका प्रधान सम्पादक उदय बहादुर बुढा रहेका थिए ।

यस्तै कार्यक्रममा दान बहादुर हमाल, विभागीय प्रमुख एकराज शर्मा, रविन्द्र प्रसाद सुवेदी, र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य डिल्ली शाही, रेडियो नेपालका समाचारदाता सरला सुवेदी, बैकुण्ठ अधिकारी, सुजन कुमार आरसी लगायत अन्य पत्रकारहरुलाई प्रशंसा पत्र सहित समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १६ गते बुधबार