दाङमा आगलागी पिडितलाई ८८ हजार बराबरको सामग्री वितरण

प्रदिप कुमाई, कोहलपुर ।

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँका २४ घरका आगलागी पिडितलाई ८८ हजार बराबरको सामग्री वितरण गरिएको छ ।

जापानमा रहेका दुई नेपाली विद्यार्थी युवाहरुको नेतृत्वमा सहयोग संकलन गरी २४ घरका आगलागी पिडितलाई ८८ हजार बराबरको सामग्री वितरण गरिएको हो ।

सकारात्मक ऊर्जाका धनी उत्प्रेरणाका धनी ‘सहयोगी भावनाका धनी युवा नेतृत्व’ विशाल बुढाथोकी र ‘थारु सांगीतिक’ क्षेत्रका गायक तथा मनका एकदमै धनी सहयोगी भावनाका युवा नेतृत्व आफ्नै गीतमा भिडियो बनाउन समेत सफल व्यक्तित्व सुनिल चौधरीले आगलागी पिडितलाई सहयोग गरेका हुन् ।

बैशाख १६ गते भएको आगलागीमा २४ घर जलेर नष्ट भएको थियो । सोही आगलागीले अन्य १० वटा गोठ समेत जलेर नष्ट भएका थिए ।

दाङको राजपुर गाउँपालिका–७ का वडा अध्यक्ष पुष्कर वली रोवहरमा ८८ हजार बराबरको सामग्री वितरण गरिएको थियो । जसमा प्रेसर कुकर, गाग्री, ड्रम १०० लि., छाता, तेल र साबुन वितरण गरिएको कुमाख गाउँपालिका ४ का विशाल बुढाथोकीले जानकारी दिए ।