कोहलपुर ११ का घर्तीकाे सडक दुर्घटनामा मृत्यु

कोहलपुर ।

शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीकाे सडक दुर्घटनामा मृत्यु भएकाे छ ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको थियो । पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घर्तिको शरीर क्षतविक्षत भएकाले तत्काल पहिचान हुन सकेको थिएन । प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।