
कोहलपुर । सगरमाथा लुम्बिनी इस्योेरेन्स कम्पनी (सलिको)ले दुर्घटना बिमा अन्तरर्गत ६० लाख रुपैया भुक्तानी गरेको छ ।
एक औपचारीक कार्यक्रम गर्र्दै सलिको कोहलपुरका शाखा प्रमुख देवनारायण काफ्लेले बागेश्वरी यातायात व्यवसायी प्रा.लिका अध्यक्ष मन प्रसाद आचार्यलाई ६० लाख रुपैया दुर्घटना बिमा रकम हस्तान्तरण गरेका हुन् ।
नवलपरासी(पूर्व) बिनयी त्रिवेणी गाउँपालिका १ पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्ड अन्तर्गत डाईभर्सनमा काठमाण्डौंबाट बर्दिया तर्फ आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस दुर्घटना भएपछि ६० लाख रुपैया बिमा रकम दावी गरिएको सलिकाको शाखा प्रमुख काफ्लेले बताए ।

डाईभर्सनबाट पार गर्ने क्रममा अचानक खाेलामा आएको बाढिले बिमित सवारी बगाई भएकाे क्षेति बापत ६० लाख रुपैया बिमा दावी रकम भुक्तानी गरिएको हो ।
यस्तै सलिको ईन्स्योरेन्स कोहलपुर मार्फत बिमा गराएका बिमित हरुलाई यस शाखाले उत्कृष्ट बिमा सेवा प्रदान गर्दै आएको कुरा बागेश्वरी यातायात ब्यवसायि प्रा लि का अध्यक्ष मन प्रसाद आचार्यले बताए । सलिको ईन्स्योरेन्स कम्पनी का शाखा प्रमुख देवनारायण काफ्लेले अझै उत्कृष्ट सेवाका साथ सेवाग्राही बिमित माझ प्रस्तुत हुने प्रतिबद्धता ब्यक्त गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्