बाँकेमा सोमवार ४५ जनामा कोरोना

बाँकेमा सोमवार थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ११४ जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३२३ जनाको एन्टिजेन जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १८ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८१७ पुगेको छ । यस्तै थप २४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार २७० पुगेको छ ।